Uncategorized

काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव शुरु

काठमाडौं, पुस २८: अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दक्षिण एसियाली हस्तकला महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्नुभएको छ । गरिबी निवारण कोषले होटल अन्नपूर्ण, दरबार मार्गमा आयोजना गरेको तीन दिने महोत्सवमा नेपाली कालिगढहरुले उत्पादन गरेका विभिन्न हस्तकला सामग्रीहरुको प्रदर्शन भइरहेको छ । कार्यक्रममा ‘नेपाल–को’ ब्राण्ड औपचारिक रुपले सार्वजनिक गरिएको थियो । कोषले नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्राण्ड–नाउँ दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो । महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले …

सांसदका लागि कुर्सी जोहो गरिँदैः कसलाई कस्तो रङको कुर्सी ?

सांसदका लागि कुर्सी जोहो गरिँदैः कसलाई कस्तो रङको कुर्सी ? काठमाडौं, कात्तिक २०ः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ । आम निर्वाचन नजिकिँदै गर्दा संसद् सचिवालयले संघीय संसदका दुवै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मत मात्रै गर्ने भन्ने टुंगो लागेको छैन । ‘संविधानसभा र व्यवस्थापिका संसदको बैठकका लागि उपयोग गरिएको मुख्य हलमा प्रतिनिधिसभा र दुवै सदनको संयुक्त बैठक बस्न मिल्ने …

अब यसरी चयन हुनेछन् राष्ट्रपति–उपराष्ट्रपति

अब यसरी चयन हुनेछन् राष्ट्रपति–उपराष्ट्रपति काठमाडौं, भदौं ३०ः सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो । यो खबर आजको कान्तिपुरमा छ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रपति–उपराष्ट्रपतिका लागि संघीय संसद …

मधेसी मोर्चा ३१ गतेकै चुनावमा आउछन् : परराष्टमन्त्री महत

मधेसी मोर्चा ३१ गतेकै चुनावमा आउछन् : परराष्टमन्त्री महत चितवन, बैशाख ९ : परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताए । सरकारले ती दलको माग पूरा गर्न परिमार्जनसहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको जानकारी दिए । एक फरक प्रसङ्गमा मन्त्री डा महतले राष्ट्रपतिको भारत भ्रमणले …

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन,एमालेको जिद्दीपनका कारण समस्या आयो: महतो

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन,एमालेको जिद्दीपनका कारण समस्या आयो: महतो चितवन, चैत ३: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, …

कञ्चनपुर गोलीकाण्डबारे छलफल गर्न गृह मन्त्री निधि आज दिल्ली जादै

कञ्चनपुर गोलीकाण्डबारे छलफल गर्न गृह मन्त्री निधि आज दिल्ली जादै काठमाडौं, फागुन ३० : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत जान लागेका हुन्। भारतमा निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नेछन्। निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने बताइएको छ । निधिले कञ्चनपुरमा भारतीयको गोली लागेर मृत्यु भएकोबारे पनि कुराकानी …

सुन तस्करनै सिलवाललाई आईजिपि बनाउन सक्रिय

सुन तस्करनै सिलवाललाई आईजिपि बनाउन सक्रिय काठमाडौं, माघ १४ : दुवईबाट काठमाडौं ल्याउदै गरेको ३३ किलो सुन समातेर चर्चामा आएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रमुख डिआईजी नवराज सिलवाललाई भावी आईजिपि बनाउन तिनै सुन तस्करहरु सक्रिय भएका छन् । सिलवालले भरिया सहित ३३ किलो सुन पक्राउ गरेको महिनादिनसम्म पनि मुख्य तस्कर पक्राउ नपरेको रहस्य बल्ल खुल्न थालेको छ । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार डिआईजि सिलवाललाई आईजिपी बनाउन तीनै सुन तस्करहरु अहिले शक्ति केन्द्र धाउन थालेका छन् । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल ३० बर्षे सेवा अवधि पुरा गरी आगामी फागुन २ गते अनिवार्य अवकाश …