विदेश

ट्रम्पले अमेरिकाको ४५ औ राष्ट्रपतिको सपथ लिए

ट्रम्पले अमेरिकाको ४५ औ राष्ट्रपतिको सपथ लिए काठमाडौं, माघ ८ : प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेका डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा शुक्रबार सपथ लिएका छन्। आप्रवासीप्रति कडा व्यवहार र अनुदार विदेश नीतिका कारण ट्रम्पलाई अमेरिकाभित्र र बाहिरसमेत संशयका साथ हेरिएको छ। उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गरेका छन्। सीमा क्षेत्रको नियन्त्रण र संसारभरि अमेरिकाको सम्मान पुनर्स्थापित गरेर महान राष्ट्रका रुपमा चिनाउने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्। ‘हामी अमेरिकी नागरिकहरू देश पुनर्निर्माण गर्ने राष्ट्रिय …

२६ सांसदले ट्रम्पको शपथ ग्रहण समारोह बहिष्कार गर्ने

२६ सांसदले ट्रम्पको शपथ ग्रहण समारोह बहिष्कार गर्ने वासिङ्गटन, माघ ४: आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका संसदलाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदन सिनेट समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाई …

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त काठमाडौं, माघ ३ : हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई आज (सोमबार) महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ । उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातिय सद्भाव प्रवद्धन समितिको पनि सदस्य थिईन । २०१२ मा हङकङ सरकार प्रमुख ल्योङबाट ‘चिफ एक्जुकेटिभ कमेन्डेशन अवर्ड’बाट सम्मानित भएकी थिईन । यो अवार्ड हङकङ सरकारले …

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु काठमाडौँ, माघ २: भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६ जनाको मृत्यु भएको छ भने अझै केही यात्रु हराइरहेको आशङ्कामा उद्धारकार्य जारी राखिएको छ । बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ । सबै यात्रु स्थानीय चङगा पर्व हेरेर गङ्गामा नदीमा यात्राका क्रममा सो दुर्घटना हुँदा २२ जनाको शनिबार राति नै उद्धार गरिएको थियो भने बाँकी चारजनाको आइतबार बिहान भेटिएको विपत व्यवस्थापन अधिकारी अनिरुद्ध कुमारले फोमार्फत एएफपीलाई बताएका छन् …

‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्यले ल्याएको हलचल

‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्यले ल्याएको हलचल काठमाडौं, माघ १: आधा शताब्दीभन्दा बढी रहेको अमेरिका र क्युवाको कटुताले पछिल्ला दिनमा आइपुग्दा बिस्तारै सहज हुँदै जान थालेको छ । लामो समयसम्म विगे्रको सम्वन्ध सुधारका लागि अमेरिकी राष्ट्रपति बाराक ओवामाले करिब दुई वर्ष पहिले क्युवामाथि लगाउदै आएको आर्थिक नाकाबन्दी हटाउने निर्णयपछि अमेरिका र क्युवाका विदेश मन्त्रालयका अधिकारीबीच छलफल भयो । पहिलो चरणका वार्तामा अमेरिकी प्रशासनले क्युवामा मानवअधिकारको अवस्थाबारे बढी चासो व्यक्त ग¥यो भने क्युवाले आफूविरुद्ध अमेरिकाले लगाउदै आएको आर्थिक नाकावन्दीलाई विशेष महत्व दियो । लामो समयसम्म सम्वन्धविच्छेद गरेका …

बान दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमा: सर्वेक्षण

बान दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमा: सर्वेक्षण सोल, पुस २८: संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लागेका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारको रुपमा देखाएको छ । यसै हप्ता स्थानीय मत सर्भेक्षण संस्था रियलमिटरले सोमबारदेखि बुधबारसम्म गरेको सर्भेक्षण परिणाम अनुसार उनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ । मत सर्भेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्व प्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्भेक्षणमा देखाइएको छ । मिन्जो पार्टीका पूर्वप्रमुख मन जाईइनलाई एक हप्ता …

विदाई मन्तव्यमा बाराक ओबामाले भने,‘हामी एक्लै आयौँ र एक्लै जाने छौँ

विदाई मन्तव्यमा बाराक ओबामाले भने,‘हामी एक्लै आयौँ र एक्लै जाने छौँ काठमाडौँ, पुस २८: अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिँदै आफ्नो कार्यकाल सफल बनेको दावी गरेका छन् । आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे । राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई …

भारी हिमपातले युरोपेलीको जीवन कष्टकर

भारी हिमपातले युरोपेलीको जीवन कष्टकर रोमानिया, पुस २८: पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन् । अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई तहस नहस र चिन्तित तुल्याएको छ । यस वर्षको कडा ठण्डी युरोप भर फैलिँदा कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ । आज मात्र कडा ठण्डी कै कारण …

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन इरान, पुस २५: इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उनी ८२ वर्षको थिए । उनलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उनलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उनलाई मृत घोषण गरियो । यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उनको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पु¥याउनु भएको योगदानको …

अमेरिकाको विमानस्थलमा जथाभावी गोली चलाउदा पाँच जनाको ज्यान गयो

अमेरिकाको विमानस्थलमा जथाभावी गोली चलाउदा पाँच जनाको ज्यान गयो काठमाडौँ, पुस २३: अमेरिकाको फ्लोरिडा राज्यको अन्तर्राष्ट्रिय विमानस्थलमा एक बन्दूकधारीले जथाभावी गोली चलाउदा पाँच जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । बन्दूकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दूकधारी २६ वर्षीय एस्ताबान स्यान्तियागो रहेको खुलेको छ । उनले अमेरिकी सेनाको परिचयपत्र बोकेको बताइएको छ । सो हमलाको उद्देश्य के थियो भन्ने खुलिसकेको छैन । विमानस्थलले टर्मिनल २ मा यात्रुहरुले सामान संकलन गर्ने क्षेत्रमा सो घटना भएको हो …

1 2 3 78