विदेश

रुसी राष्ट्रपति पुटिनले भने, ‘सिरियामा फेरि आक्रमण गरेर अराजकता हुन्छ’

रुसी राष्ट्रपति पुटिनले भने, ‘सिरियामा फेरि आक्रमण गरेर अराजकता हुन्छ’ काठमाडौं, बैशाख ३ : सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी रोकिने संकेत देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’ डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए । रुसले यसको विरोध गर्दै आएको छ । राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघको …

बलात्कार अभियोगमा भाजपा सांसद पक्राउ

बलात्कार अभियोगमा भाजपा सांसद पक्राउ काठमाडौं, चैत्र ३०ः भारतीय जनता पार्टीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गरलाई बलात्कार अभियोगमा पक्राउ परेका छन्। सेन्गरलाई सिबिआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो। उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ। मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन्। युवतीका परिवारले मुद्दा दायर भएपछि कुलदीपका भाइले धम्क्याउने गरेको र प्रहरीले पनि यो मुद्दामा कुलदीपलाई नमुछ्न दबाब दिएको बताएका थिए। युवतीका बुवालाई कुलदीपका भाइले कुटेको एक भिडियो भाइरल …

अल्जेरियामा विमान दुर्घटना, २०० जनाको मृत्यु

अल्जेरियामा विमान दुर्घटना, २०० जनाको मृत्यु एजेन्सी, चैत्र २७ः अल्जेरियामा भएको विमान दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राजधानी अल्जिरमा रहेको बोउफारिक विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो । उक्त सैन्य विमानमा २०० भन्दा बढी सवार रहेको बताइएको छ। विमानमा दर्जनौंको संख्यामा सैनिक र सैन्य सामाग्री रहेको बताइएको छ। उक्त विमान स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार रनवेबाट कालो धुँवाको मुस्लो आएको थियो। विमानमा लागेको आगो निभाउन १० यन्त्रहरूको प्रयोग गरिएको थियो। त्यस्तै दर्जनौं एम्बुलेन्स विमानस्थलमा देखिएका थिए। विमानको …

दक्षिण कोरियाका पूर्वराष्ट्रपति हेलाई २४ वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति हेलाई २४ वर्षको जेल सजाय काठमाडौं, चैत्र २३ः दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई २४ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दा खेपिरहेकी पार्कलाई त्यहाँको अदालतले २४ वर्षको जेल सजायसँगै १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको योन्हाप समाचार संस्थाले जनाएको छ । ६४ वर्षीया पार्कविरुद्ध पदको दुरुपयोग गरेको, राज्यको गोप्य कुरा चुहावट गरेको तथा घुस लिएको आरोप लागेको थियो ।  पार्कलाई सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो । कोरियाली अभियोजनकर्ताले पार्कविरुद्ध ३० वर्षको जेल सजाय तथा अर्बौं कोरियन वन जरिवाना माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले आफूविरुद्ध …

बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनमा

बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनमा काठमाडौं, चैत १८ः महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेजनजिकको चर्चमा हुने भएको छ ।क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटीनजिकको चर्चमा गर्न लागिएको हो । उनको अन्तिम संस्कार सामान्य रुपमा मात्रै गरिने पारिवारीक श्रोतले जनाएको छ । विश्वका चर्चित बैज्ञानिक हकिङले ब्रमाण्डको रहस्य खोज्नुका साथै गणितीय प्रमाणहरु तयार पारी बैज्ञानिक जगतमा तहल्का मच्चाएका थिए । उनको पछिल्लो सिद्धान्तले बहु ब्रमाण्डको उपस्थितिको प्रमाण …

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिताउन फेसबुकको हात !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिताउन फेसबुकको हात ! काठमाडौं, चैत १० : क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित एक भारतीय कम्पनीका संस्थापकले भनेका छन् यसका सीईओ एलेक्जेन्डर निक्सले भारतीय चुनावलाई प्रभावित पार्ने कोशिश गरेका थिए । अवनीश राय एससीएल इन्डियाका संस्थापक हुन्, जो लन्डनमा एससीएल ग्रुप र ओव्लेनो बिजनेस इन्टेलिजेन्सका ज्वाइन्ट भेन्चर हुन् । अवनीश रायका अनुसार एलेक्जेन्डर निक्सले २०१४ को संसदीय चुनावअघि भारतको भ्रमण गरेका थिए र त्यसबेला सत्ताधारी कांग्रेस पार्टीलाई हराउनका लागि एक अज्ञात क्लाइन्टका साथ काम गरेका थिए । उक्त चुनावमा नरेन्द्र मोदीलाई निर्णायक जीत मिलेको थियो । मोदीको नेतृत्वमा भारतीय …

चीनको नयाँ चमत्कार, एक वर्षमै १ करोड बढीलाई रोजगारी दिने

चीनको नयाँ चमत्कार, एक वर्षमै १ करोड बढीलाई रोजगारी दिने एजेन्सी, चैत्र ६ः चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने छ । प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ । उनले गएको पाँच वर्षमा चीन सरकारले …

रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित

रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित काठमाडौं, चैत्र ५ः भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्नुेछन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई …

विमान दुर्घटनाः मृतकको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने

विमान दुर्घटनाः मृतकको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने काठमाडौं, फागुन ३०ः काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गरेको डेली स्टार ले जनाएको छ । यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अस्ती सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा २५ बंगलादेशी नागरिकसहित ४९ जनाको ज्यान गएको थियो …

विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन

विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन काठमाडौं, फागुन ३० : विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । …

1 2 3 4 90