विदेश

भारतलाई चीनको खतरनाक चेतावनी !

भारतलाई चीनको खतरनाक चेतावनी ! बेईजिङ, साउन १०ः भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ । चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माण कार्य रोक्नु भनेको छ …

ह्वाइट हाउसका प्रेस सचिवद्धारा राजीनामा

ह्वाइट हाउसका प्रेस सचिवद्धारा राजीनामा काठमाडौं, साउन ७ः अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कम्युनिकेसन निर्देशक नियुक्त गरेपछि बेखुशी रहेका स्पाइसरले त्यसकै विरोधमा प्रवक्ताबाट राजीनामा दिएका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  स्पाइसरको ठाउँमा अब एन्टोनी स्कारामुर्चीले ह्वाइट हाउस प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै स्पाइसरको ह्वाइट हाउसमा हुने पत्रकार सम्मेलन निकै चर्चामा रहने गरेको थियो । स्पाइसरले बोलेका …

रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित काठमाडौं, साउन ५ः भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाए । भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविन्दले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन् । कोविन्द र कुमार दुवै दलित समुदायका हुन् । कोविंद …

जर्मनीमा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता, के भयो कुराकानी ?

जर्मनीमा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता, के भयो कुराकानी ? काठमाडौं, साउन ४ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी अनुवादक र दुई नेताको मात्रै उपस्थिति रहेको थियो । गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । स्रोतका अनुसार दुई घण्टा लामो औपचारिक …

साउदी अरबमा आगलागी, ११ जना आप्रवासी कामदारको मृत्यु

काठमाडौं, असार २९ः साउदी अरबको एक घरमा आगो लाग्दा ११ जना आप्रवासी कामदारको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । झ्याल नभएको घरमा आगो लागेको र उनीहरुको निस्सासिएर ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेहरु बंगलादेश र भारतका रहेका बिबिसीमा खबर छ । त्यहाँको सरकारले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । साउदी अरबमा आप्रवासी कामदारको सुरक्षा जोखिम रहेको अधिकारकर्मीले बताएका छन् । साउदी अरबमा झण्डै ९० लाख विदेशी कामदार कार्यरत छन् । त्यसमध्ये दक्षिण एशियाका धेरै छन् …

भारत–पाकिस्तान तनावः गोली चल्दा ७ जनाको मृत्यु

भारत–पाकिस्तान तनावः गोली चल्दा ७ जनाको मृत्यु एजेन्सी, असार २५ः भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । शनिबार भएको गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ । यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय …

जापानमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५ पुग्यो

जापानमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५ पुग्यो काठमाडौं, असार २४ः जापानको दक्षिणी क्षेत्रमा आएको बाढीमा परी मर्नेको संख्या १५ पुगेको छ । बाढीमा हराइरहेका अरु १५ जनाको खोजी भइरहेको छ । खोजीमा बाक्लो लेदोका कारण उद्धारकर्ताहरुले कठिनाइ भोगेका छन् । सयौंलाई उद्धार गरिसकिएको छ । क्युशु टापुका सडकमा २० इन्चसम्म पानी जमेको छ भने घरहरु भत्किएका छन् । फुकुका प्रान्त बढी प्रभावित भएको छ । उद्धारमा करिब १२ हजारभन्दा बढी सेना, प्रहरी सहितको उद्धार टोली खटिएको छ । अझै भारी वर्षा हुने अनुमान गरिएको छ …

ट्रम्प र पुटिनबिच पहिलो प्रत्यक्ष भेटवार्ता, रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता

ट्रम्प र पुटिनबिच पहिलो प्रत्यक्ष भेटवार्ता, रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता काठमाडौं, असार २३ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गएको नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता गरेका छन् । ट्रम्प र पुटिनबिच राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा यस विषयमा छलफल भएको हो । ट्रम्प र पुटिनबिच जी–ट्वेन्टी सम्मेलनको क्रममा भेट भएको हो । ट्रम्प र पुटिनबिचको वार्ता निकै मजबुद रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले बताएका छन् ।  वार्ताको क्रममा पुटिनले रुसले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त …

अष्ट्रेलियाको भिषाका लागि आयो नयाँ सूची

अष्ट्रेलियाको भिषाका लागि आयो नयाँ सूची सिड्नी, असार २२ : अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभागले दक्ष कामदारहरुको अभाव पूर्ति गर्न ४५७ भिषा क्याटगोरीमा रोजगारदाताहरुले २०१७र०१८ मा आप्रवासी कामदार राख्न सक्ने विभिन्न पेशाहरुको सूची जारी गरेको छ । यस वर्षको अप्रीलमा २ सय १८ वटा पेसाहरु हटाइएपछि पुनः छाँटकाँट गरिएको संशोधित सूचीलाई दुई भागमा बाँडिएको छ । पहिलो, मध्यम तथा दीर्घकालिन र दोस्रो, अल्पकालिन दक्ष पेसा सूची । अस्थायी वर्क भिषा ९उपबर्ग ३५७० ले नामांकित पेसा यदी ‘योग्य दक्ष पेसाहरुको संयुक्त सूची’ मा सूचीकृत छ भने चार वर्षसम्मका लागि स्वीकृत व्यवसायमा काम गर्नका लागि …

आइएसको जेलमा अमेरिकी सेनाको आक्रमण, ५७ जनाको मृत्यु

काठमाडों, असार १३ः अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा गरेको हवाई आक्रमणमा ५७ जनाको ज्यान गएको छ । गठबन्धन सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले चलाएको जेललाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यसक्रममा ५७ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । सिरियाको पूर्व क्षेत्र मायादिनमा रहेको जेलमा भएको आक्रमणमा ४२ जना कैदीबन्दी र १५ जना बिद्रोहीको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । आइएसले सर्वसाधारण नागरिक र आइएसको विरोधमा संघर्षरतलाई कैदी बनाएको थियो । गठबन्धन सेनाले भने घटनाको विषयमा अनुसन्धान भइरहेको …

1 2 3 4 5 87