विदेश

अर्जेन्टिनामा दुई हेलिकप्टर ठोकिदा १० जनाको मृत्यु

अर्जेन्टिनामा दुई हेलिकप्टर ठोकिदा १० जनाको मृत्यु काठमाडौं, फागुन २६ : अर्जेन्टिनाको उत्तरपश्चिम तर्फ एक टेलिभिजनको कार्यक्रम सुटिङका क्रममा दुई हेलिकप्टर एक आपसमा ठोकिदा १० जनाको मृत्यु भएको छ। दुई हेलिकप्टर एक आपसमा जुधेर दुर्घटना भएको अधिकारीहरुले आशंका गरेका छन्। दुबै हेलिकप्टरका पाइलटको समेत मृत्यु भएको र हेलिकप्टरमा फ्रान्सका यात्रुहरु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट ११ सय ७० किलोमिटर टाढाको भिला क्यास्टेली सहरमा एउटा बहुचर्चित टेलिभिजन रियालिटी शोको छायांकनका क्रममा उक्त दुर्घटना भएको हो। …

श्रृखलाबद्ध बिस्पोटमा परी ५० जनाको मृत्यु

श्रृखलाबद्ध बिस्पोटमा परी ५० जनाको मृत्यु काठमाडौं, फागुन २४ : नाइजेरियामा भएको श्रृखलाबद्ध बिस्पोटमा परी ५० जनाको मृत्यु भएको छ। नाइजेरियाको उत्तर पूर्वी शहर मैइदुगुरीको ब्यस्त शहरमा भएको दुईवटा बिस्फोटमा १५ जना मारिएका हुन् भने सोही शहरको बसपार्कमा भएको बिस्फोटमा ३५ जना मारिएका हुन्। बिस्पोटमा परी अरु थुप्रै घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। एकताका बोको हरामको पकड रहेको मैइदुगुरी शहर केही महिना अघि नाईजेरियाली सेनाले नियन्त्रणमा लिएको थियो। नाइजेरियामा इस्लामिक राज्यको माग गर्दै आतंक मच्चाउंदै आएको बोको हरामको कारवाहीमा हजारौैं मारिइसकेका छन्। …

समुद्रमा भेटिएको अनौठो जीव देखेर वैज्ञानिकहरूनै आश्चर्यचकित

समुद्रमा भेटिएको अनौठो जीव देखेर वैज्ञानिकहरूनै आश्चर्यचकित काठमाडौं, फागुन २३ : समुद्रको गहिराईमा भेटिएको एउटा अनौठो जीव जसलाई देखेर वैज्ञानिकहरू समेत आश्चर्यचकित भएका थिए । यस प्रजातीका जीवहरूका बारेमा वैज्ञानिकहरूलार्इ यो विश्वास थियो कि यी जीव १२.५ करोड वर्ष अघिनै पृथ्वीबाट विलुप्त भैसकेका छन । गुलाबी रंगको यो शार्क आफ्नो लामो थुतुनो र नङ्ग्राका कार निकै भिन्न प्रकारको देखिन्छ । वैज्ञानिकहरूले यसलाई ‘गहिराईको एलियन’ भनेर भन्ने गरेका छन । यस जीवको वैज्ञानिक नाम मित्सुकुरी अस्टोनी हो र यो जीव हिन्द महासागर, एटलान्टिक महासागर तथा प्रशान्त महासागरमा पाइने गरिन्छ । अस्ट्रेलियाली संग्राहलयका फिश कलेक्शन मनेजर …

पाकिस्तानमा १ सय ७ स्कुलको नाम फेरियो

पाकिस्तानमा १ सय ७ स्कुलको नाम फेरियो काठमाडौं, फाल्गुन २३ : पाकिस्तानले १ सय ७ स्कूलको नाम बदलेर गत वर्ष पेशावरमा मारिएका व्यक्तिको नाममा राखेको छ । पेशावरकै रहेको ६० भन्दा बढी स्कूलको नाम मारिएका स्कूले बालबालिकाको नाममा राखिएको हो । गतवर्षको डिसेम्बर १६ मा तालिबान आतंकवादीले पेशावरको सैनिक विद्यालयमा आक्रमण गरी १५० जनाको हत्या गरेका थिए । मारिनेमा धेरैजसो बालबालिका थिए । मृतकको सम्झना र आतंकवादी क्रियाकलापविरुद्ध सन्देश दिन स्कुलको नाम फेरेर मृतकको नाममा राखिएको त्यहाँको सरकारले जनाएको छ । एजेन्सीको …

दिल्लीका मुख्यमन्त्री, केजरिवालले राजीनामा दिए

दिल्लीका मुख्यमन्त्री, केजरिवालले राजीनामा दिए काठमाडौं, फागुन २० : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको संयोजक पदबाट राजीनामा दिएका छन् । केजरिवालले मुख्य मन्त्री भएपछि प्रशासकीय कार्यमा आफ्नो व्यस्तता बढेको र आफू पुरै समय दिल्लीबासीका लागि दिनुपर्ने भएकाले पार्टी संयोजक पदबाट राजीनामा दिएको बताएका छन् …

केजरीवाल नेतृत्वको सरकारद्वारा जनतालाई राहत घोषणा

केजरीवाल नेतृत्वको सरकारद्वारा जनतालाई राहत घोषणा काठमाडौं, फागुन १४ : आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीका जनतालाई राहतको घोषणा गरेको छ। घोषणा अनुसार मार्च १ बाट बिद्युत महसुल आधा हुनेछ भने पानी निःशुल्क पाइनेछ। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीबासीलाई हरेक महिना २० हजार लिटर पानी निःशुल्क दिने घोषणा गरेका हुन्। ४०० युनिटसम्म बिद्युतको महसुल पनि आधा घटाइनेछ। आफ्नो चुनावी प्रतिबद्वतालाई व्यवहारिक भएको सावित गर्ने प्रयास स्वरुप दिल्ली सरकारले यस्तो घोषणा गरेको हो। यसका लागि बजेटमा २ सय ५० करोडको व्यवस्था गरिने केजरीवाल सरकारले जनाएको छ। दिल्ली सरकारका …

अफगानिस्तान हिमपहिरोमा ९० को मृत्यु

अफगानिस्तान हिमपहिरोमा ९० को मृत्यु काठमाडौं, फागुन १४ : अफगानिस्तानमा हिम पहिरोमा परेर करिब ९० जना भन्दा धेरैको मृत्यु भएको छ। हिमपहिरोबाट सयौं घाइते भएका छन् भने दर्जनौं वेपत्ता छन्।   राजधानी काबुलदेखि उत्तरतर्फ पर्ने पन्जशीर प्रान्तमा एक्कासी बढेको चिसोसँगै भारी हिमपात भएको हो। हिमपात, वर्षा र आँधीपछि गएको हिमपहिरोमा विद्यालय, मस्जिद र सयौं घर ध्वस्त भएका छन्। हिम पहिरो पछिल्लो तीन दशककै सबैभन्दा भीषण भएको प्रान्तीय गभर्नर अब्दुल रहमान काबिरीले जानकारी दिएका छन्। हिमपहिरोवाट जनजीवन प्रभावित हुनुका साथै हिउं जमेकाले ४० किलोमिटर सडकमा यातायात सेवा समेत ठप्प भएको …

राष्ट्रसंघीय अधिकारीको जागिर गयो

राष्ट्रसंघीय अधिकारीको जागिर गयो काठमाडौं, फागुन १३ : संयुक्त राष्ट्र सङघको मौसम विज्ञानसम्बन्धी समूहका प्रमुख राजेन्द्र पचौरीले आफ्ना एक सहयोगीलाई यौनजन्य दुव्र्यवहार गरेको दाबी भएपछि पचौरीले राजिनामा दिएका छन्। दिल्लीमा केन्द्रीय कार्यालय रहेको र पचौरी प्रमुख रहेको अनुसन्धान संस्था दी इनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट (टेरी) की २९ वर्षीया महिला अनुसन्धानकर्ताले पचौरीले अनुचित सन्देश पठाएको आरोप लगाएकी छिन्। यसपछि पचौरीले नाइरोबीमा आयोजित बैठकमा समेत भाग लिएनन्। मौसम परिवर्तनका खतराका विषयमा प्रमुख भनाइ राख्ने पचौरीले आफूले कुनै खराब काम नगरेको र आफ्नो इमेल एकाउन्ट तथा मोबाइल …

श्रृखलाबद्ध बिस्पोटमा ३० जनाको मृत्यु

श्रृखलाबद्ध बिस्पोटमा ३० जनाको मृत्यु काठमाडौं, फागुन १३ : इराकमा श्रृखलाबद्ध बिस्फोटबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ। राजधानी बग्दाद नजिक रहेको एक चिया पसलमा आत्मघाती बिस्फोट हुने बितिकै श्रृखलाबद्ध बिस्फोट भएको हो।बिस्फोटका कारण थुप्रै सवारीसाधनमा क्षति पुगेको छ भने २५ भन्दा बढी घाइते भएका छन्। केही समय बिस्फोटको घटनामा कमी आएको इराकमा पछिल्लो पटक गराईएको बिस्फोटको पछाडी इस्लामिक आतंकबादी समूह आईएसको संलग्नता हुन सक्ने बताइएतापनि घटनाको जिम्मेवारी भने कसैले पनि लिएको छैन् …

युक्रेनमा बिस्पोट २ को मृत्यु, दश घाईते

काठमाडौं, फागुन ११ : युक्रेनको खाकिर्भमा भएको -यालीमा बम विष्फोट गरिंदा दुई जना मारिएका छन् । बिस्पोटमा दश जना घाइते भएका छन् । द्रोस्रो ठूलो शहरमा भएको विष्फोटमा मारिनेमा एक जना प्रहरी अधिकृत पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्मले जनाएका छन् । रुस समर्थित नेता भिक्टर यानुकोभिचको सत्तापलटको एक वर्ष पूरा भएको अवसरमा गरिएको -यालीमा विष्फोट गराइएको हो । घटनामा संलग्न रहेको आशंकामा सुरक्षाकर्मीहरुले चार जनालाई नियन्त्रणमा लिएको बताईएको छ । …

1 85 86 87 88 89 90