विदेश

इजिप्टका २१ नागरिकको शीर छेदन गरी हत्या

इजिप्टका २१ नागरिकको शीर छेदन गरी हत्या काठमाडौं, फागुन ४ : इस्लामिक स्टेटका लडाकूले अपहरण गरी आफ्ना कब्जामा लिएका २१ जना इसाइको टाउको काटेर हत्या गरेका छन् । टाउको काटेर हत्या गरेको दृष्य लीवियाको जेहादि समुहले इन्टरनेटमार्फत् सार्बजनिक गरेपछि यो तथ्य खुलेको हो । हत्या गरिएकाहरु सबै ईसाई नागरिक हुन् । अपहरित सबै ईजिप्टका काप्टिक इसाइ रहेको र उनीहरुलाई पूर्वी लिबियाको तटीय शहर सिर्तेबाट डिसेम्बर र जनवरी महिनामा कब्जामा लिएको थियो । यसैबीच, इजिप्टले आफ्ना सबै नागरिकहरुलाई विद्रोहीको कब्जाबाट बाहिर निकाल्ने घोषणा गरेतापनि हत्याको भिडियो सार्बजनिक भएपछि इजिप्ट शोकमा डुबेको छ । आफ्ना नागरिकको …

मुख्य मन्त्रीको शपथ लिए केजरीवालले

मुख्य मन्त्रीको शपथ लिए केजरीवालले काठमाडौं, फागुन २ : आम आदमी पार्टीका अध्यक्ष अरविन्द्र केजरीवालले शनिबार आठौं मुख्यमन्त्रीको रुपमा सपथ लिंएका छन्। ऐतिहासिक रामलीला मैदानमा हजारौंको उपस्थितिमा शनिबार दिल्लीका उपराज्यपाल नजीब जंगले केजरीवाललाई पद तथा गोपनीयताको दिलाएका हुन्। सपथका लागि केजरीवाल मेट्रो बजारबाट कारमा गएका थिए भने उनलाई शपथका क्रममा प्रहरीले निवासदेखि सपथग्रहण स्थल रामलिला मैदान सम्म स्कटिङ् समेत गरेका थिए। भष्ट्रचार विरोधी अभियानकर्ता रहेका केजरीवालले राज्यमा भष्ट्रचार अन्त्य लगायत विभिन्न प्रतिबद्धता समेत व्यक्त गरेका छन्। हालै दिल्ली विधानसभा भएको चुनावमा आम …

भारतमा रेल दुर्घटना, ११ जनाकाे मृत्यु

भारतमा रेल दुर्घटना, ११ जनाकाे मृत्यु एजेन्सी, फागुन १: भारतको कर्नाटक र तमिलनाडु राज्यको बोर्डरमा रहेको हसुरमा शुक्रवार विहान रेल दुर्घटना हुँदा ११ जनाकाे ज्यान गएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्। एनराकुलम एक्स्प्रेसको सो रेल बिहान साढे सातबजे लिकमा फालिएको ढुंगामा ठोक्किएको हुन सक्ने बताइएको छ। रेलका ४ डिब्बा छुटेका थिए। दुर्घटनामा घाइतेहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको …

केजरीवालले भेटेरै दिए मोदीलाई सपथको निम्तो

केजरीवालले भेटेरै दिए मोदीलाई सपथको निम्तो एजेन्सी, माघ २९ : दिल्ली विधानसभामा बहुमत ल्याएको आम आदमी पार्टीका अध्यक्ष अरविन्द्र केजरीवालले विहिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रममा सहभागी हुन निम्तो दिएका छन् । १५ मिनेटसम्म भएको भेटवार्तामा केजरीवालले मोदीलाई फेब्रुअरी १४ मा हुने मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रममा सहभागी हुन निम्तो दिएका हुन् । मोदीले भने सो दिन पूर्व निर्धारित कार्यक्रम भएकाले उपस्थित हुन नसक्ने बताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । केजरीवालले मोदीसँग दिल्लीको विकासका लागि सहयोग गर्न आग्रह गर्दै मिलेर अघि बढ्नुपर्ने …

केजरिवालले भ्यालेन्टाईन डेको दिन मुख्य मन्त्रीको सपथ खाने

काठमाडौं, माघ २७ : दिल्लीको विधानसभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टीलाई  पछाडी पार्दै आम आद्मी पार्टीले ७० सिटमध्ये ६७ सिटमा जित हांसिल गरेको छ । आपले दुई तिहाईभन्दा बढी सिट जित हासिंल गरेको छ भने सत्तारुढ भारतीय जनता पार्टीले ३ सिट मात्र जितेको छ । जितसँगै केजरिवाल दिल्ली मुख्य मन्त्री हुने निश्चित भएको छ ।   यसअघि लामो समय दिल्लीमा शासन गरेको कांग्रेस आईले एक सिट पनि जित्न सकेनन् । जित पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आद्मी पार्टीका अध्यक्ष केजरिवाललाई फोन गरेर बधाई दिएका छन् । भारतीय जनता पार्टीले पनि केजरिवाललाई …

फुटबल स्टेडियम बाहिर झडप, २२ जनाको मृत्यु

काठमाडौं, माघ २६: ईजिप्टको राजधानी कायरोस्थित फुटबल रंगशाला बाहिर झडप हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा परी कम्तिमा २० जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फुटबलका दर्शक र प्रहरीबीच झडप भएको भएपछि घटनाले उग्र रूप लिएको वीवीसीले जनाएको छ। जमालेक फुटबल क्लबका समर्थक विना टिकट स्टेडियममा पस्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीले स्टेडियम बाहिर लागेको भीड तितरवितर पार्न अश्रुग्याससमेत प्रहार गरेको …

दिल्लीमा केजरीवालको बहुमत आउने प्रक्षेपण

दिल्लीमा केजरीवालको बहुमत आउने प्रक्षेपण नयाँ दिल्ली, माघ २५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता परिक्षणको रुपमा लिईएको दिल्लीको विधान सभा निर्वाचनमा उनको दल भारतीय जनता पार्टी पराजित हुने पछिल्लो मत सर्वेक्षणले देखाएका छन् । शनिबार मतदान शुरु भएलगत्तै भएको मत सर्वेक्षणमा आम आद्मी पार्टीले ७० सदस्यीय दिल्ली विधान सभामा स्पष्ट बहुमत ल्याउने प्रक्षेपण बिभिन्न सञ्चारमाध्यमहरुले गरेको सर्वेक्षणले देखाएको छ । आईतबार भएको विधान सभा निर्वाचनको परिणाम भने मंगलबार मात्रै सार्बजनिक हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । दिल्ली निर्वाचनमा कुनै पनि हालतमा बहुमत ल्याउने उद्देश्य साथ …

फेब्रुअरी १० देखि नेपाली कामदार कोरिया जाने

फेब्रुअरी १० देखि नेपाली कामदार कोरिया जाने काठमाडौं माघ २३: आगामी मंगलवार अर्थात फेब्रुअरी १० तारिखदेखि नेपाली कामदारहरु कोरिया जाने क्रमः सुरु हुने भएको छ । सन् २०१४ मा भाषा परिक्षा पास गरेका र नाम परेकाहरुलाई फेब्रुअरी १० देखि कोरिया पठाउने काम सुरु हुने इपिएस शाखाले जनाएको छ । त्यसैका लागि अहिले कोरियाका रोजगारदाताहरुबाट धमाधम करारपत्र आइरहेको पनि बताइएको छ । अहिले ३८ जनाको करारपत्र आइसकेको र पहिलो चरणमा ति ३८ जनालाई कोरिया पठाइने इपीएस शाखाको भनाई छ । पछिल्लो पटक कोरिया नेपाली कामदारको लागि आकर्षक गन्तव्य बनेको छ । इपिएस भाषामा पास भएपछि मात्र कोरियमा काम गर्न जान पाइन्छ । यसका लागि नेपालमा …

चीनमा आगलागी, १७ जनाको मृत्यु

चीनमा आगलागी, १७ जनाको मृत्यु काठमाडौं, माघ २३ : चीनको होलसेल बजारमा आगलागी हुदां १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा शुक्रबार आगो लाग्दा १७ जनाको मृत्यु भएको हो । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणका लागि करिब ८ सय अग्नि नियन्त्रक खटिएपछि ६ घन्टापछि नियन्त्रणमा आएकोे थियो । आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको समाचार स्रोतहरुले जनाएका छन् । …

बोकोहरामले गर्यो ७० जनाको हत्या

बोकोहरामले गर्यो ७० जनाको हत्या काठमाडौं, माघ २२: नाइजेरियाली अतिवादी संगठन बोकोहरामले छिमेकी क्यामरुनको फोटोकलमा आक्रमण गरी ७० जनाको हत्या गरेको छ । नाइजेरियासँग सीमा जोडिएको फोटोकलमा इस्लामिक विद्रोही बोको हरामका लडाकुहरुले आक्रमण गरेका हुन् । उनीहरुले मस्जिद र घरहरुमा आक्रमण गरेका थिए भने, ठुलाठूला बिल्डिङ्हरुमा आगो समेत लगाएका थिए । पछिल्लो ६ बर्ष यता बोको हराम र सरकारी सुरक्षाकर्मीको आक्रमणबाट हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं नागरिक विस्थापित भैसकेका छन् । कतिपयको घांटी रेटेर बिभत्स हत्या गरिएको समेत बीबीसीले जनाएको छ । …

1 87 88 89 90