विदेश

फेब्रुअरी १० देखि नेपाली कामदार कोरिया जाने

फेब्रुअरी १० देखि नेपाली कामदार कोरिया जाने काठमाडौं माघ २३: आगामी मंगलवार अर्थात फेब्रुअरी १० तारिखदेखि नेपाली कामदारहरु कोरिया जाने क्रमः सुरु हुने भएको छ । सन् २०१४ मा भाषा परिक्षा पास गरेका र नाम परेकाहरुलाई फेब्रुअरी १० देखि कोरिया पठाउने काम सुरु हुने इपिएस शाखाले जनाएको छ । त्यसैका लागि अहिले कोरियाका रोजगारदाताहरुबाट धमाधम करारपत्र आइरहेको पनि बताइएको छ । अहिले ३८ जनाको करारपत्र आइसकेको र पहिलो चरणमा ति ३८ जनालाई कोरिया पठाइने इपीएस शाखाको भनाई छ । पछिल्लो पटक कोरिया नेपाली कामदारको लागि आकर्षक गन्तव्य बनेको छ । इपिएस भाषामा पास भएपछि मात्र कोरियमा काम गर्न जान पाइन्छ । यसका लागि नेपालमा …

चीनमा आगलागी, १७ जनाको मृत्यु

चीनमा आगलागी, १७ जनाको मृत्यु काठमाडौं, माघ २३ : चीनको होलसेल बजारमा आगलागी हुदां १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा शुक्रबार आगो लाग्दा १७ जनाको मृत्यु भएको हो । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणका लागि करिब ८ सय अग्नि नियन्त्रक खटिएपछि ६ घन्टापछि नियन्त्रणमा आएकोे थियो । आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको समाचार स्रोतहरुले जनाएका छन् । …

बोकोहरामले गर्यो ७० जनाको हत्या

बोकोहरामले गर्यो ७० जनाको हत्या काठमाडौं, माघ २२: नाइजेरियाली अतिवादी संगठन बोकोहरामले छिमेकी क्यामरुनको फोटोकलमा आक्रमण गरी ७० जनाको हत्या गरेको छ । नाइजेरियासँग सीमा जोडिएको फोटोकलमा इस्लामिक विद्रोही बोको हरामका लडाकुहरुले आक्रमण गरेका हुन् । उनीहरुले मस्जिद र घरहरुमा आक्रमण गरेका थिए भने, ठुलाठूला बिल्डिङ्हरुमा आगो समेत लगाएका थिए । पछिल्लो ६ बर्ष यता बोको हराम र सरकारी सुरक्षाकर्मीको आक्रमणबाट हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं नागरिक विस्थापित भैसकेका छन् । कतिपयको घांटी रेटेर बिभत्स हत्या गरिएको समेत बीबीसीले जनाएको छ । …

ताईवानमा बिमान दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

ताईवानमा बिमान दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु काठमाडौं, माघ २१: ताइवान राजधानी ताइपेईमा बुधबार बिहान ट्रान्स एसियाको विमान दुर्घटना हुदां कम्तीमा ८ जनाको मृत्यु भएको छ । ५८ यात्री सवार रहेको उक्त बिमानमा अंधिकाश घाईते भएका छन् । ताइवानी केन्द्रीय समाचार एजेन्सीका अनुसार बिमान सडकको पुल काटेर खोलामा खसेको जनाईएको छ । …

नेपाली नेताहरु भन्दा मोदी चर्चित नेपालमा

नेपाली नेताहरु भन्दा मोदी चर्चित नेपालमा काठमाडौं, माघ २०: नेपाली नेताहरुभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा धेरै चर्चित रहेको भर्खरै सार्वजनिक भएको एक जनमत सर्वेक्षणले देखाएको छ । काठमाडौ स्थीत रहेको इन्टरडिसिपिल्नेरी एनलिष्टस नामक एक अध्यन संस्थाले गरेको जनमत सर्वेक्षणमा मोदीले १०० मा ६८ अंक ल्याए जवकि राष्ट्रपति राम वरण यादावले नेपालका अरु नेताहरु भन्दा धरै ६१ अंक ल्याएका छन् । इडिएले नेपालमा कुन नेता धरै चर्चित छन् भनेर २००४ देखिनै यस्तो सर्वेक्षण गर्दै आएको छ  तर २०१५ मा पहिलो पटक उक्त संस्थाले नेपालमा वाहिरी अथात भारतका नेतालाई यो सर्वेक्षणमा समावेश गरेको हो । “ नेपाली …

‘नेपालको चर्चा अन्तराष्ट्रिय सम्मेलनमा’

काठमाडौं, माघ १९ः वन्यजन्तु चोरी शिकारको नियन्त्रणमा नेपालले हासिल गरेको उपलब्धीबाट सिकेर त्यसलाई एशियाभर विस्तार गर्ने उद्देश्यसहित सोमबारदेखि काठमाण्डूमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदैछ। खासगरी वन रक्षक, कानुन कार्यान्वयन गर्ने इकाई तथा स्थानीय समुदायमा आधारित चोरी शिकारविरुद्धका अभियानको सफलताले नेपालमा चोरी शिकार नियन्त्रणमा उपलब्धी हासिल भएको अधिकारीहरुले बताएका छन्। एशियाभर खासगरी बाघ र गैंडा पाईने देशहरुमा चोरी शिकारलाई शून्यमा झार्ने लक्ष्य राख्दै १३ एशियाली देशका सरकारी प्रतिनिधिहरु र वन्यजन्तु संरक्षणमा सामेल अगुवा …

भारतीय विदेश सचिवमा जयशंकर

भारतीय विदेश सचिवमा जयशंकर नयाँ दिल्ली, माघ १५: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव सुजाथा सिंहलाई हटाएको छ। बरियताक्रम र प्रभावका हिसावले प्रभावशाली मानिने विदेश सचिव सिंहको कार्यशैलीमा असन्तुष्टी जनाउँदै सरकारले उनको ठाउँमा सुव्रमन्यम जयशंकरलाई ल्याइएको छ। भारतीय परराष्ट्र सेवाबाट अवकाश पाउन ८ महिना मात्रै बाँकी रहेकी सिंहलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाको दिल्ली भ्रमण टुङ्गिएको भोलीपल्टै हटाइएको हो। २०१३ को अगष्टदेखि विदेश सचिव रहेकी सिंह त्यसअघि जर्मनीमा राजदूत थिइन्। हाल अमेरिकास्थित भारतीय राजदूत रहेका सुव्रमन्यम जयशंकरले विहिबारबाटै कार्यभार थालेका …

लिबियाको एक होटलमा आतंकारी हमला, ११ को मृत्यु

एजेन्सी, १४ माघ:  हतियारधारीको एक समुहले लिबियाको राजधानी ट्रिपोलीको एक होटलमा मंगलबार दिउसो आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । उक्त समुहले कोरिन्तिया नामक एक पाँचतारे होटलमा आक्रमण गरेको हो। आक्रमणमा परि मृत्युहुने मध्ये एक अमेरिकी, एक फ्रन्सेली नागरिक र चार होटलको सेकुरिटि गार्ड रहेको खुलेको छ । अन्य सात जना घाइते भएका छन् । उक्त होटलमा विदेशी कुटनितिक नियोगका मानिसहरु वस्ने गरेका थिए । इस्लामिक स्टेट नामक एक लडाकु समुहले प्रयोग गर्दै आएको एक टुइटर आकाउन्टमार्फत आफुहरुले सो आक्रमण गरेको जानकारी दिएको छ । तर अझै पनि लिबियाको सुरक्षा विभागले आक्रमण …

नागरिक समाजका अगुवाको सुझाव ‘संविधान ल्याउन संविधानसभा बाहिरका शक्तिसँग पनि सहमति गर्नुपर्छ’

काठमाडौं : नागरिक समाजका अगुवाहरुले संविधानसभाबाट नयाँ संविधान जारी गर्न सभा बाहिर र भित्रका शक्तिहरुबीच सहमति आवस्यक रहेको बताएका छन् । संविधानसभाले तय गरेको कार्यतालिका अनुसार माघ ८ मा संविधान जारी नहुनुले संविधानसभाले मात्रै संविधान बनाउने नसक्ने बताउदै उनीहरुले सभा बाहिरबाट पनि सुझाव र सल्लाह लिएर सहमतिमा पुग्नु पर्ने धारणा अघि सारेका छन् । ‘निर्वाचनको जितमा उत्साहित भएर माघ ८ गते संविधान दिने निर्णय भएको थियो तर त्ययसमा कुनै तर्क थिएन’ नागरिक अगुवा डा.सुन्दरमणि दिक्षितले भने, ‘आफैले तोकेको मितिमा संविधान दिन नसकेपछि अव सभा भित्र र बाहिरका …

1 88 89 90